२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

भृकुटीमण्डप जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना

Untitled
Untitled
Untitled

काठमाडौं, विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडामा समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।

पूर्वमन्त्री तथा गत निर्वाचनमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई भने जरिवाना मात्र सजाय सुनाएको हो ।

विशेष अदालतले १६ फागुनमा भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेको थियो । उक्त घटनामा संलग्नहरुलाई बिहीबार सजाय निर्धारण गरिएको हो ।

विशेष अदालतले पूर्वसमाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने, प्रमोद मेहता, कुञ्ज विहारीप्रसाद चौधरी, हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र रविन्द्र कुमारले बदनियतपूर्वक समाज कल्याण परिषद्लाई २० करोड ७१ लाख ३४ हजार ८३० रुपैयाँ हानी नोक्शानी पुर्‍याएको पुष्टि भएको भन्दै कैद र जरिवानासँगै बिगो समेत असुल उपर गर्ने फैसला गरेको हो ।

न्यौपाने, मेहता, चौधरी र कुमारलाई भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम सजाय हुने साथै चौधरीको मृत्यु भइसकेकाले निजबाट बिगो मात्र असुल उपर गर्ने फैसला भएको विशेष अदालतका उप–रजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।

फैसला अनुसार बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा नै बिगो र थप ६ महिना कैद गरिने भएको छ ।

त्यस्तै मेहतालाई ८ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगो र थप ६ महिना जरिवाना हुने उल्लेख गरिएको छ ।

त्यसैगरी चौधरीलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगोको फैसला गरिएको छ ।

न्यौपानेलाई ८ वर्ष कैद, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो तोकिएको छ भने शर्मा, कर्ण र कुमारलाई पनि ८ वर्ष कैदका साथै २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो रकम तोकिएको छ ।

कुमारलाई थप ६ महिना कैद गरिने पनि उल्लेख गरिएको छ ।

अर्का प्रतिवादी रवीन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरीवाना र त्यति नै बिगो समेत असुल उपर गर्ने ठहर भएको छ ।

त्यस्तै पूर्वमन्त्री टेकबहादुर गुरुङलाई भने मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरिवाना गरिने उल्लेख गरिएको छ । सो बिगो भने माथि उल्लेखित कसुरदारहरुबाट असुल उपर गरिने विशेष अदालतका उप–रजिष्टार भट्टराईले जानकारी दिए।

Untitled
Untitled
Untitled