२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

२३ वटा दुइ पाङग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

Untitled
Untitled
Untitled

काठमाडौ,  विभिन्न मितिमा हराएका २३ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम गरी २० वटा मोटरसाइकल र ३ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभीनारायण काफ्लेले बताए ।

यस आर्थिक वर्षको सुरुवातदेखि हालसम्म सवारी साधन हराएको भनि १ हजार १६२ वटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए ।

प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३५३ वटा सवारी साधन माथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो ।

No description available.

जस मध्ये २३ वटा सहित ३२८ वटा दुइ पाङ्ग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले धनीको जिम्मा लगाइ सकेको छ ।

यसै फागुन महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको २४ वटा मोटरसाईकल सहित नियन्त्रणमा लिएका २६ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा बुझाइएको छ ।

अन्य हराइ फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको छ ।

यस्तै यसै आर्थिक वर्षमै धनी नखुलेका ९५ ओटा दुई पाङ्गे सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

जसमध्ये असोज महिनामा ३६, पुसमा ४०, माघमा १४ र फागुनमा ५ वटा सवारी साधन बुझाइएको हो ।

सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन सम्बन्धित धनि स्वंयमले पनि आफ्नोसवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नको लागी पनि ट्राफिक प्रहरी प्रहरी उपरीक्षक काफ्लेले अनुरोधसमेत गरेका छन् ।

Untitled
Untitled
Untitled