२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

श्री एयरलाइन्सको जहाजको इन्जिनमा आकाशमै देखियो आगो, विमानस्थलमा सुरक्षित अवतरण

Untitled
Untitled
Untitled

काठमाडौं, काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ।

धादिङको थाक्रेमाथिको आकाशमा पुगेपछि आगो देखिएको र फर्किएको हो। जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन्।

जहाज केही बेर अघि त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। बिहान सवा ९ बजे काठमाडौंबाट उडेको उडान नंबर एसएसए ८२२ रहेको विमान काठमाडौं फर्काएको हो।

जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका थिए। यात्रुलाई अर्को विमानमा भैरहवा लैजाने तयारी छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौललो भने ‘‘ इन्जिनमा फायर वार्निङ देखिएकाले तत्काल काठमाडौं फर्काइएको हो।

विमानका यात्रुहरूलाई अर्को विमानमा पठाइदैछ।’

 

Untitled
Untitled
Untitled