काठमाडौं, ठगी मुद्दामा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई ६ महिना जेल सजाय ठहर भएको छ।
औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसूरमा न्यायाधीकरणले मंगलबार दोषी ठहर गरेको हो। उनलाई जेलसहित १ लाख रुपैयाँ जरिवानाको पनि फैसला भएको छ।
न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरु निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले उनीहरुलाई दोषि ठहर गरेको हो।
यही मुद्दामा प्रेस सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद सजाय सुनाइएको छ । उनलाई ५० हजार रुपैयाँ जरिवाना हुने न्यायाधिकरणको फैसला छ।
यो मुद्दामा मतियारको रुपमा दाबी गरिएका प्रेसका कामदार मनिलकुमार महर्जनले भने सफाइ पाएका छन्।