२०८१ कात्तिक २८ बुधवार | Wednesday, Nov 13 2024

ग्लोवल टुरिजमले होली तथा ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने

Untitled
Untitled
Untitled
काठमाडौ, पर्यटन प्रर्वधन र पर्यटन प्रति यूवा पुस्ताको आकर्षणका लागि ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलले होली तथा स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने भएको छ । कार्यक्रम बारे जानकारी दिन आयोजत पत्रकार सम्मेलनमा काउन्सीलका अध्यक्ष धर्मेन्द्र सापकोटाले नेपाली संस्कृतिसँगै बिदेशी संस्कृतिको आदान प्रदानका लागि यस्ता फेस्टिबलले सहयोग पुग्ने बताए । बिदेशी संस्कृतिलाई भित्राएको आरोपको खण्डन गर्दै अध्यक्ष सापकोटाले हाम्रो संस्कृति बिदेशीलाई चिनाउन र उताको संस्कृति हामीले सिक्ने मौका भएको बताए । यस्ता कार्यक्रमले दुइ देशको भाइचारा पनि बढने सापकोटाको भनाइ छ । काउन्सीलले यसका अलावा पर्यटन क्षेत्रका स्टेक होल्डरलाई समेटेर होटल तथा पर्यटन अर्बाड आयोजना गर्ने तयारी गरेको छ । उनले पर्यटन बोर्डले आफना केही बाध्यताले यस्ता कार्यक्रम आयोजना गर्न नसकेको अबस्थामा निजी स्तरबाट आयोजना हुने यस्ता कार्यक्रमले पर्यटकको बसाइ लम्बिने दावी गरे । काउन्सीलले नेपालमा मात्र नभएर बिदेशमा पनि यस्ता कार्यक्रमको आयोजना गर्ने तयारी रहेको जानकारी अध्यक्ष सापकोटाले दिए । काउन्सीलले पलेस्टिवलका लागि आवश्यक पर्ने गोलभेडा पनि सिधै किसानबाट खरिद गर्ने जनाएको छ । फेस्टिवलमा प्रतियोगितात्मक रुपमा महिलाहरुको कवडीको पनि आयोजना गर्न लागेको छ । कार्यक्रम फागुन २२ गते होलीका दिन नेपाल स्काउट लैनचौरमा दिनको १२ बजेबाट शुरु हुने आयोजकले जनाएको छ ।  
Untitled
Untitled
Untitled