काठमाडौं, चीनको सिचुवान एयरलाइन्सले छेन्दुबाट काठमाडौंलाई पुनः सिधा उडानमार्फत जोड्ने भएको छ । कम्पनीले २० मार्च अर्थातः ६ चैतदेखि छेन्दु–काठमाडौं रुटमा उडान थाल्ने घोषणा गरेको हो ।
कोभिड-१९ महामारी अगाडि नियमित उडान गरिरहेको कम्पनीले चीन यात्रामा लागेको प्रतिबन्धसँगै उडान झिकेको थियो ।
सिचुवानले सातामा तीन उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ । २० मार्चबाट सोमबार, बुधबार र शुक्रबार सिचुवानले छेन्दुबाट काठमाडौं उडान गर्नेछ ।
छेन्दुबाट स्थानीय समय अनुसार २ बजे उड्ने जहाज त्रिभुवन विमानस्थलमा स्थानीय समय अनुसार २ः४५ मा अवतरण गर्नेछ । काठमाडौंबाट सोही दिन ३ः३५ बजे उड्ने जहाज छेन्दुमा स्थानीय समय अनुसार ९ बजे अवतरण गर्नेछ ।