काठमाडौं, भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् ।
भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएको मुद्दामा गुरुङलाई विशेष अदालतले मंगलबार दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङसहित ९ जना दोषी ठहर गरेको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।
उनीहरुको सजाय २५ फागुनमा तोकिनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल माघ २१ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।