२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

नुवाकोटमा ग्यास सिडिण्डर विस्फोट, घरमा पूर्ण क्षति

Untitled
Untitled
Untitled

नुवाकोट, नुवाकोटको बेलकोटगढी नगरपालिका–८, पाँचखलेमा सोमबार साँझ खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको छ।

सिलिन्डर बिष्फोटहुँदा एक घर जलेर नष्ट भएको छ। मानवीय क्षति भने भएन।

विस्फोटपछि विश्वनाथ पुडासैनीको दुई तल्ले ढुङ्गा र इँटाले बनेको घरमा आगलागी भएको छ।

घटनामा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।

आगलागीबाट घर तथा त्यसमा रहेका सम्पूर्ण सामग्री जलेको स्थानीयले बताए।

Untitled
Untitled
Untitled