२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

सर्वोच्च अदालतले दियो सन्दीप लामिछानेलाई विदेश जाने अनुमति

Untitled
Untitled
Untitled

काठमाडौ‌, सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने र विदेश जान पाउने गरी आदेश गरेको छ ।

सर्वोच्चले उनलाई थुनामा राख्न पनि आवस्यक नरहेको ठहर गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले सोमबार उक्त आदेश गरेको हो ।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो । पुनरावेदनमा थुनामै राख्न माग गरिएको थियो ।

तर, इजलासले थुनामा राख्न नपर्ने गरी आदेश दिएको छ । सर्वोच्चले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको उच्च अदालतको आदेश सदर गरेको छ ।

नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो ।

सन्दीपले विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित निवेदन दिएका थिए । उक्त निवेदनमा माग गरिए अनुसार नै सर्वोच्चले आदेश दिएको छ । दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरिएको थियो ।

सर्वोच्चको पछिल्लो आदेशसँगै सन्दीप यूएईमा जारी विश्वकप क्रिकेट लिग २ खेल्न जान पाउने भएका छन्। युएईमा नेपालले आगामी खेल आयोजकविरुद्ध खेल्नेछ ।

Untitled
Untitled
Untitled