२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

अभिनेता पल शाहलाई उच्च अदालतले दियो सफाइ, सोमबार रिहा हुने

Untitled
Untitled
Untitled

पोखरा, उच्च अदालत पोखराले बलात्कार अभियोग लागेका पूर्णविक्रम शाह ९पल शाह० लाई सफाइ दिएको छ।

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पोखराले आइतबार शाहलाई सफाइ दिएको हो।

उच्च अदातल पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो।

सफाइ पाएसँगै शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए।

नवलपुर जिल्ला अदालतले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगमा सफाइ र बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

उक्त फैसलाका विरूद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।

Untitled
Untitled
Untitled