२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

सन्दीपको पुनरावेदनको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाली क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको छ।

शुक्रबार सर्वोच्च अदालतमा हुने सन्दीपको पुनरावेदनमाथिको मुद्दा सुनुवाइका लागि न्यायाधीश खतिवडाको इजलासमा परेको हो।

सन्दीपको पुनरावेदनको पेसी १६ नम्बरमा चढेको छ। पाटन उच्च अदालतले नाबालिग बलात्कारको अभियुक्त सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा जेलमुक्त गरेको थियो। सन्दीपलाई विदेश जान रोकलगायतका अन्य शर्तमा जेलमुक्त गरिएको थियो।

जसका कारण क्यानले सन्दीपलाई यूएई जाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको छैन। सन्दीपले भने विदेश भ्रमणमाथि लगाइएको रोकलाई फुकुवा गर्न सर्वोच्चमा निवेदन दिएका हुन्।

साथै, आफ्नो गोपनीयता भंग गर्दै दोषी ठहर नहुँदै अपराधीको रूपमा गरिएको चित्रण र धरौटी गरिएको रकम घटाउन पनि सन्दीपले आफ्नो पुनरावेदनमा माग गरेको छन्।

पुनरावेदनको फैसलामा उनको विदेश भ्रमण फुकुवा भए शनिबार यूएई जाने राष्ट्रिय टोलीमा सन्दीप पनि पर्नेछन्।

Untitled
Untitled
Untitled