२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

आज शेर्पा समुदायको नयाँ वर्ष, ग्याल्पो ल्होसार मनाइँदै

Untitled
Untitled
Untitled

काठमाडौं, नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले मंगलबार ल्याल्पो ल्होसार मनाउँदै छन्।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने परम्परा छ। मंगलबार २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो। यो पटक बाघ वर्ष पूरा गरी खरायो वर्ष आरम्भ हुँदैछ।

ल्होसार मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ।

ल्होसार मंगोल समुदायका विभिन्न जातिले छुट्टाछुट्टै मितिमा मनाउने गरेका छन्। गुरुङ समुदायले पुस १५ मा तमु र तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।

ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।

Untitled
Untitled
Untitled