२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

स्याङ्जा, स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जगतभन्ज्याङबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक चापाकोट–२ का नविन सुनार र वालिङ–८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति ढुंगा बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल झरेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।

चालक सुनारको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।