२०८२ जेठ २ शुक्रवार | Friday, May 16 2025

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, भेन्टिलेटर हटाइयो

Untitled
Untitled
Untitled

काठमाडौ, भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको उपचारमा भेन्टिलेटर हटाइएको छ।

मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो।

मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले सोमबार बिहान सवा १० भण्डारीको पछिल्लो अपडेट भन्दै फेसबुकमा लेखेका छन्, ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ।’

उनले स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको भाग घट्दै गएको पनि जानकारी दिएका छन्।

‘स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको भाग घट्दै गएको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले लेखेका छन्।

काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो।

Untitled
Untitled
Untitled