काठमाडौं, यातायात मजदूरको आन्दोलनको क्रममा सोमबार बालाजुको लोत्से मलबाट सोमवार करिब ८ करोड रुपैयाँ बराबरको मोबाइल लुटिएको छ।
सोमवार लुटिएको मोबाइल करिब ८ करोड रुपैयाँका थिए भने सबै मोबाइल आयात हुँदै इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएका छन्।
लुटिएका सबै मोबाइलको आईएमईआई दर्ता भएको र त्यसको रेकर्ड आफूसँग भएको व्यवसायी अर्जुन चालिसेले बताए।
उनका अनुसार कति वटा मोबाइल लुटिएको भन्ने विषयमा तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ।
औसतमा ३२ हजार रुपैयाँका दरले पनि २५ सय वटा मोबाइल लुटिएको हुनसक्ने उनले बताए। तथ्याङ्क संकलन भइरहेको बताए।
फरक दरका मोबाइल भएकाले कति वटा र कति रकमका भन्ने विषयमा तथ्याङ्क सङ्कलन गर्ने र तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने पनि चालिसेले बताए ।