काठमाडौ, यातायात मजदूर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ। यातायात मजदूर व्यवसायीका नेताहरूसँग मंगलबार बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित गरिएको हो।
मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन्।
यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजगत्वमा बनेको कार्यदलमा मजदूर संघका सदस्यहरु थपिएको छ।
नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदूर सङ्घले सोमबार नयाँ बसपार्क क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो।
लगत्तै आज सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका उनीहरु मंगलबार बिहान सरकारसँग वार्तामा जुटेका थिए।
मंगलबार बिहानैदेखि सार्वजनिक यातायात नचल्दा उपत्यकाका सर्वसाधारणले सास्ती व्यहोर्न परेको थियो।