२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

राष्ट्रपतिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार

Untitled
Untitled
Untitled

काठमाडौं, विशिष्ट व्यक्तिहरूको सवारीका कारण सर्वसाधारणले दुःख पाएको भन्दै विरोध चर्किएपछि सरकार ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्न तयार भएको छ।

शुक्रबार राष्ट्रपतिको सवारीका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अवरुद्ध हुँदा सास्ती खेपेका सर्वसाधारणले विरोध जनाएपछि सरकारको ध्यानाकर्षण भएको हो।

शुक्रबार भीभीआईपीको सवारीको बहानामा सडकमा निस्किनसमेत रोक लगाइयो थियो। त्यसक्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सिकहरुलाई प्रहरीले कुटपिट गरेको थियो।

कुटपिटपछि विरोध स्वरूप आन्दोलनमा रहेका चिकित्सकसँग सरकारले वार्ता गर्दै कार्यविधि परिमार्जन गर्न तयार भएको हो।

सहमति पत्रको चार नम्बर बुँदामा यो बारे लेखिएको छ। कार्यविधि परिमार्जन गर्न सरकारलाई एकहप्ताभित्र सुझाव पेश गर्ने उल्लेख छ।

उक्त सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि लेखिएको छ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, संवैधानिक आयोगका प्रमुखलगायतका व्यक्ति पर्छन्।

शुक्रबार डाक्टर कुटिएको विरोधमा चिकित्सक संघले आज आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका थियो ।

यस क्रममा आज बिहानभर ओपीडी सेवा बन्द गरिएको थियो। लगत्तै आज बिहान प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार भएको हो।

Untitled
Untitled
Untitled