२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस सौदाबाजी गर्ने त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

Untitled
Untitled
Untitled

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ ।

थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।

एयरलाइन्सका प्रतिनिधिसँग लेनदेनसम्बन्धी बार्गेनिङ गरेको पाइएको र प्रारम्भिक अनुसन्धानमा ठाकुरको कमजोरी देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक्सन लिएका हुन् ।

किराँतीले भ्रष्टाचार महाशत्रु भएको भन्दै यसमाथिको विजयका लागि निर्ममतापूर्वक निर्णय गरिएको बताए ।

ठाकुरलाई निलम्बन गर्न प्रधानमन्त्रीबाट पनि निर्देश प्राप्त भएको र भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने नेपाल सरकारको नीतिअन्तर्गत ठाकुरमाथि यो कदम चालिएको उनको भनाइ छ ।

‘देश र जनताको निम्ति हामीले खाएको सपथ, हामीलाई परिणाम नल्याउने छुट छैन’, उनले भने । उनलाई थप कारबाहीका लागि अख्तियारमा समेत पठाउने निर्णय गरिएको छ ।

 

Untitled
Untitled
Untitled