२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

प्रधानमन्त्री दाहाल भेटन बालुवाटार पुगे एमाले अध्यक्ष ओली

Untitled
Untitled
Untitled

काठमाडौं, सत्तारुढ गठबन्धनका प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको २ दिने डेडलाइन आज सकिँदैछ । शनिबार बिहानैदेखि शीर्ष नेताबीच छलफल सुरू भएको हो ।

प्रधानमन्त्री दाहाल भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए । गृहमन्त्रालय पाउनुपर्ने अडानमा रहेको रास्वपाले आजसम्म कुर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको रास्वपा संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले ओली नेतृत्वको उच्चस्तरीय संयन्त्रको बैठक डाक्नुपर्ने मागसहित दुई दिनको समय सीमा दिएको थियो ।

रिक्त गृहमन्त्रालयको विषयलाई लिएर सत्तागठबन्धनमा खटपट देखिरहेको बेला गठबन्धनलाई बलियो कसरी बनाएर जाने विषयमा ओली र प्रचण्डबीच छलफल केन्द्रित रहेको बताइएको छ ।

रवि लामिछानेलाई पुन: गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री सहमत छैनन् । तर, ओली गठबन्धनमा पहिले भएको सहमति अनुसार नै रास्वपालाई गृहमन्त्री दिनुपर्ने भन्दै लामिछानेको पक्षमा देखिएका छन् ।

Untitled
Untitled
Untitled