२०८२ जेठ २ शुक्रवार | Friday, May 16 2025

राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षका बिषयमा छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलको बैठक

Untitled
Untitled
Untitled

काठमाडौ, संसद्‌मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ।

कांग्रेस प्रव्रक्ता डा. प्रकाशशरण महतका अनुसार बैठक अहिले बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल हुने उनले जानकारी दिएका छतन्।

राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भने यही माघ २३ गते हुँदै छ। राष्ट्रियसभाकी तात्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो।

राष्ट्रियसभाको अध्यक्षमा भने नेकपा एमालेका सांसद गण्ेशप्रसाद तिमल्सेना चयन भइसकेका छन्।

Untitled
Untitled
Untitled