२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

मोबाइल बैंकिङ सिस्टम ह्याक गरी ठगी गर्ने भारतीयसहित ८ जना पक्राउ

Untitled
Untitled
Untitled

काठमाडौ, ललितपुर प्रहरीले एक व्यक्तिको मोबाइल बैंकिङ सिस्टम ह्याक गरी रकम ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एक भारतीय र सात जना नेपाली नागरिक छन्।

उनीहरुले ललितपुरको सातदोबाटोका हरि प्रसाद ढकालको नामको एनआईसी एशिया बैंकमा रहेको खाताबाट सञ्चालन गरेको मोबाइल बैंकिङ खाता गत मंसिर २५ गते बेलुका ७ बजेदेखि २६ गते विहान १ बजेसम्म ह्याक गरी विभिन्न व्यक्तिहरुका नाममा रहेको इसेवा र खल्ति वालेटमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर वडा नं। ७ बाजपट्टी थाना स्थायी वतन भई हाल काठमाडौंको चाबहिलमा आईएमईआई सञ्चालन गरी बस्ने २९ वर्षीय अवधेश कुमार रहेका छन्।

यस्तै, सप्तरीको कृष्णासवरन गाउँपालिका–२ भई हाल बौद्ध जोरपाटी नारायणटार बस्ने वर्ष ३४ को दिलिप कुमार चौधरी, पर्साको विन्दवासिनी–८ का ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहटको रङगपुर नगरपालिका–१ का २७ वर्षीया रविना चौधरी र बाराको कोलबी नगरपालिका–४ स्थायी वतन भई हाल हेटौँडा उपमहानगरपालिका–९ गुम्वा चोक बस्ने सन्तोष कुर रहेका छन्।

यसैगरी, घटनामा संलग्न पर्साको वीरगंञ्ज महानगरपालिका–२५ का वर्ष २८ को राजु पटेल, सोही स्थानका २० वर्षीय साहिल परबेज र वर्ष १९ को शिवशंकर राउतलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल थान–९, ल्यापटप थान–१ र थान ५ एटीएम कार्ड बरामद भएको छ।

मकवानपुर र काठमाडौंबाट पक्राउ परेका उनीहरुलाई उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Untitled
Untitled
Untitled