२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी उत्पादनले मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेर किसानले गरे विरोध

Untitled
Untitled
Untitled

चितवन, आफ्नो उत्पादनले लागत अनुसारको मुल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेर विरोध जनाएका छन् ।

भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै उनीहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर आन्दोलन गरेका हुन् ।

सरकारले आफूहरुको समस्या नसुनेकाले यसरी विरोधमा उत्रनु परेको किसानहरुको गुनासो छ ।

किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Untitled
Untitled
Untitled