काठमाडौं, मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।
मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेट भएको हो ।
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँग नेपाल र मलेसियाबीचको श्रम सम्बन्धका बारेमा औपचारिक छलफल हुनेछ ।
मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन् । ३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम छ ।
भेटमा नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने बताइएको छ ।
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा श्रमिक पठाउनेमा नेपाल प्रमुुख स्रोत देश भएकाले नयाँँ व्यवस्था र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने वातावरण बनाउन मलेसियाको टोली आएको जानकारी दिए ।