२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

श्रमिक जीवनकोे अनुभुति एक्लो जीवनशैली

मनिसको मन उत्ताउलो हुन्छ । तथापि नआत्निे मन बनाउन खोज्नु सात्विक तर्क हो । त्यसो त मानिस वैदिक पालाको जस्तो ऋषि मुनी वा भगवानको भक्त बनेको भन्ने चाहिँ होइन । आजको युग विचित्रको छ, हुल हिज्जत गर्ने काममा मानिस अग्रगामी बन्छ तर शान्तिको द्विप प्रज्वलित गर्न मानिस पसिना काढ्छ ।

समाजमा बस्न सकेपछि मान्य मूल्यतामा आधारित सामान्ज्यस्ताको गतिलो उदाहरण बन्न सक्नुपर्दछ तर मानिसमा अभिव्यक्त दादागिरी र कुतर्कले मानिसलाई कहाँ त्यसो गराउँदो हो । सामाजिक वर्ग, संरचना र धन सवैको आधारमा समुदाय विभाजन भएको हुँदा श्रम, शक्ति, पूँजी र मूल्य सँग उ सामाना गर्दै तय गर्नुपर्ने हुन्छ । त्यसो त श्रमिक कानून नभएका पनि होइनन् । काम, माम, स्वास्थ्य, आराम र शिक्षा, बास भनेको त जुगौं भइसक्यो तर पनि कानूनी हैसियतमा एक ज्यालादारी मजदुरलाई जीवन यापन गर्न हम्यहम्य छ ।

श्रमिक मूद्वामा उनीहरुको पेशा राजनीतिक मूल्य, मान्यता भन्दा पछि कहिल्यै रहेन । विभिन्न कालखण्डमा मजदुरले राजनैतिक नारा नदिएका पक्कै होइनन् दलहरुको साथ । यद्वपी यस किसिमका वर्ग समूदायलाई जहिले हिज्जे गरी सर्वहारा वर्गको मूनी गरिबीको रेखामा मूल्याङ्कन गरी दौलतका सामान्य नोटका पत्ताहरुमा मात्र नापिन्छ । न उनीहरुको जीवनशैलीमा साखै परिवर्तनको संवाहनको रुपमा ढुँडिन्छ न त उसको वर्गको उठानको मान्यता नै प्राय समाजले रुचाएको हुन्छ । न्यायो कपडाको धारण तलबि मौसम हो । मीठो खाना उसको रुची नभएर अपहेलित भोजन हो जो साधारण रुपमा दैनिक रुपमा उसको व्यञ्जन कहिल्यै नबनोस ।

त्यसो त उसको जातको कुरा गर्दा उ आफैं बहुरंगि छ र एक अर्कामा विरोधी पनि । त्यसो त एक पैसाको आयआर्जनमा तुरुन्त भाँडभैलो हुने तर्क गर्न यहाँ समयसापेक्ष हुन्छ । उनीहरुको गुणको कुरा गर्दा अलि विछिन्न एक्लै काममा बस्न रुचाउने र सधैं झगडालु, माया र तिर्सना  भागमा नपर्ने सबै ज्याला, ओभरटायम ड्युटीमा बोकिएका अफ्ठयारा चुनौतिहरु । यस्तै कारण त्यो वर्ग अलि उद्वेलित, सामान्य मानिस भन्दा सहजता नजान्ने, प्रतिकुल मौसम रुचाउने भिडको रुपमा चुनिन्छ । माक्र्सको पठ्नमा भएको जस्तो एलिनिएसन वा कामले बाँधेको बधुँवा श्रमिक जस्तो रुपमा केही मसिन र औजार, केही परिवर्तनका माध्यमहरुको संवाहक हुन्छ । भौतिक सामाग्रीमा लालितपूलित समाजमा जिउने खुड्किलो र श्रमको ग्यारेन्टीको हकदार एक मानिसको थाप्लोमा भेटिनु नौलो वैज्ञानिक समाजवादको आख्यानको ग्यारेन्टी हो तर कुनै दलालीमा आधारीत व्यापार गर्न आज पनि उत्तिकै टड्कारो समय रहेको छ ।

सामन्तवाद, कुरिती र कुसंस्कारले वैधानिकता प्रदान गरेको समाजमा कुदृष्टिको आत्मध्वनी पैसा दिने र लिने समयमा कहिल्यै थाक्दैन । तर आजको तिथीमा लाखौं मानिस वेरोजगारीको दौडमा दौडिँदा यौन, अपराध र भ्रष्टाचारका व्यर्गताहरु लठ्यारो रुपमा बनमा ढडेलो लागेको भन्दा ध्वनीत भएका झन् । अनुभूति ताजै छ । स्थिती नै त्यस्तै हो । मानिस कसैलाई मुक्का हान्न स्वभाविक मान्छ आज के गर्ने मुक्का खान पनि त तयार छ उ आर्थिकताको आधारमा । प्रज्वलित महामारी पछिका दुखद घटनाको रुपमा विश्व नै आज संकटमा रहेको छ ।

आज न रेडियोका घटनाहरु ताजा छन् न टेलिभिजनका समाचार नै सुखद त्यसो त अत्याहसको मानसिकताबाट लचकमचक बनेका पत्रकारका काधँमा अपसजिला घटना दिने सामथर््य नरहेको भन्ने प्रतित हुँदो हो । कहिले कहाँ लेलिनको देशमा विग्रह भएको छ त कतै अमेरिका उपनिवेशवादको त्रास छ । करौंडौं मानिसको सर्वनास हुँदा ज्यान, जाय, जेथा, संरक्षण हुँदै वेतिथीको काम गर्दा आर्थिक र समाजिक सुरक्षाको प्रत्याभूत नभएको हुँदा जेलित मानसिकताको उपज होला त्यो ।

जीवन एक रहस्य हो । साधारण मानिस पनि राम्रो जीवन जीउन प्रोत्साहित हुन्छ । सुअवसरको खोजीमा उ सधैं पलायन हुन्छ देशमा होस् वा विदेशमा । भन्न खोजेको श्रम प्रतिको सम्झौता नचाहेर पनि सकसपूर्ण हुन्छ । तर आज  रहर र अस्पष्ट मानसिकताबाट संकुचित अवस्थामा पथभ्रष्ट हूँदा अशिक्षीत लाग्ने समूहमा आधारित जीवनशैलीको बोध हुँदा प्रतिगामी बन्नु परेको अवस्थामा कर्मलाई तासै सम्झने हो भने जीवन कहिले ज्युने आराम सँग । परिवारमा चर्को एक्लोपनाको सामना बहन नै ज्यूने समय हो कि भन्ने अनुभुति गर्नु लाजमर्दो विश्लेषण हो आफ्नै लागि पनि ।

जहिले कानमा टड्कारो आवाजको अनुभूति । कहाँ कतैबाट च्वास मुटु पोल्ने । दिमाग दुख्ने । त्यसो त ग्राहकीको दलाल र तुजुकको बेरोजगारी भन्दा हिज्जे हुँदैन नि त्यस्तै ठाउँमा पर्दा भान त्यसो नहुँदा । तर अपत्यारिलो एक्लोपनको ज्यामीलाई पथीत शरिर माथि त्यस्तै मौसमी हावाको सहअनुकुलताको उभार दिएको हुनसक्छ समाजले उचित खानकीको साथ वेरोगार समय काँध माथिको घाँटी सडकाउन मात्र काम लाग्ने । अर्धचेतन आत्मा र विवेकी भएर बस्नुप¥या हो कि ! थाहै नपाई माटो जोत्ने हलियाको गोलु भएर । डल्ला फर्काउन नसकिने । खेत जोत्न नसकिने तर तारे गोरुको हैसियतामा जुवाको भार बोकेर एक अपट्यारिलो भिरालो मौसममा । केवल सुटेड, बुटेड जिनिजको शैलीको मानव अवतारमा रमाएको भौतिकता माथि आश्रय लिने शैलीमा । कानूनी श्रमिकको बन्देज माथिको कामको तदारुकता पहिचान हुनुपर्छ भन्ने भान हो स्पष्ट रुपमा व्याख्यात्मक ।