२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

एक सफल समाजवादी पूजीँवादी राष्ट्र

एक नीति राजनीति । राजनीतिको अर्थ राष्ट्र संचालनको नीति । राज्यमा आधारित नागरिकहरुको शक्ति र संचय । त्यस राज्यको निश्चित सिमा त्यसै भित्रको राज्यका कर्मचारीहरुको सु–शासन । नागरिकको संप्रभुता र नागरिकको संलग्नता हुने विषयमा प्रत्यक्ष सहभागीता नै राजनीति हो । राजनीतिक दल त्यस भित्रको लोकतन्त्र र गणतन्त्र ठूलो राजनीतक प्रतिबिम्ब हो जसको परिभाषा केही शाब्दीक भनाईले प्रष्ट नहुने विषय हो ।

पछिल्ला केही दशक यता ससम्मान लोकतन्त्र भित्र छिपेको प्रजातन्त्रलाई सागरवाद अनुमोदन गरियो । वितेका कालमा २०५२ साल जेठ एक गते तत्कालिन माओवादली पार्टीले गणतन्त्रको वकालत गर्दै जनयुद्वको घोषणा गरेको थियो । त्यस पर्यान्त माओवादी पार्टीको क्रान्तिको विगुल फुकिएको थियो ।

यद्यपी २०४७ साल फागुन ७ गते संयुक्त विद्यार्थीको आन्दोलन उपज, राजनीतिक दलहरु नेपाली काङ्ग्रेस र नेकपा एमालेको सडक संघर्ष मार्फत व्युतिएको २०४७ सालको प्रजातान्त्रिक संविधान अनुकुल व्यवस्था परिवर्तन सिद्व भयो ।

नेकपा माओवादी दलले मार्कस्वाद, लेलिनवादलाई आधार बनाएर गरिएको जनसंघर्ष २०६२÷२०६३ मा आइपुग्दा सडक संघर्षमा चुलियो । अन्तत दलिय खाडलमा माओवादी प्रथम पटक नेपाली काङ्ग्रेस पछीको दोस्रो सर्वमानित दलको नाममा वर्चस्व मान्न तयार भयो र राष्ट्रिय सांसदको हिस्सा पनि बन्यो ।

प्रजातन्त्र जनताको लागि चुनिएको जनताद्वारा प्रतिस्थापित प्रणाली हो । जनसहभागिता, जनताको इच्छा, नेतृत्व, व्यक्तित्व, भ्रष्टाचार रहित सरकार, कर्मचारी तन्त्र र निर्वाचन मार्फत राष्ट्रलाई सर्वपक्षिय सार्वभौम, अखण्ड र सिमाको रक्षाको निम्ति राष्ट्रिय सुरक्षा निति अवलम्बन गर्नु हो ।

जन सहभागिता भनेको जनताको बोली र इच्छाको आफ्नै प्रकारता हो । जनमञ्चको सम्बोधन पार्टी नियन्त्रक टोलीबाट थापित मञ्चन हो ।

नेतृत्व सवलता तिर उन्मुख हुनुपर्छ । सधैं जनताका असहज मुद्वाको छिनो फानो गर्ने नेतृत्व महत्वपूर्ण हुने गर्छ । काग कराउने कोइली डोलाउने जनताका विरमर्कामा नेतृत्व खासै मन पराइन्न ।

व्यक्तित्व मानिसको चिनारी हो । असल व्यक्तित्व फाइदा मन्द हुन्छ । खराव व्यत्तित्व आफैंमा प्रतिकुल हुन्छ । भ्रष्टाचार शुन्य नीति अबलम्वन गरेमा महँगी दुर्लब हुन्छ ।

विभिन्न कारण वस जनताको पीर मार्का बुझेर बनेको राजनीतिक दलको कार्यनीति दिशानिर्देश नहुँदा प्रजातान्त्रिक संविधान फस्टाएन । त्यसकारण धेरै चोटीको संघष पछि ७ औं संविधानको रुपमा अवलम्वन हालको संविधान अवलम्वन गरियो ।

विभिन्न पार्टी सुगठन गर्दै बनेको नेकपा माओवादीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष गणतन्त्रको घोषणा सहितको ४० शुत्रिय मागहरुको प्रवन्ध राख्यो । तत्कालीन अवस्थामा नेपाली काङ्ग्रेस, नेकपा एमाले र संयुक्त जनमोर्चाको सिट संख्या ठूलो हुँदा उक्त दललाई प्रतिवन्धित गर्न देउवा किमार्थ भ्याएनन् ।

राजनीतिक, वैचारिक, सांङ्गठनिक हिसावले पार्टीलाई समृद्व गर्दै आदर्शवादी मूल्य मान्यतामा पार्टी माओवादी समाजवादी रुपरेखा तर्पm छेडिनुपरेको बताइन्छ ।

राजनीतिको नविनतम अभ्यास जीत वा हार हो । एक राजनितिक दलको दस्ता, बल, सहभागिता नविन हुँदा सकस थियो प्रारम्भिक भूमिगत रुपमा साधरण यूवा पंक्ति माओवाद तर्फ आकर्षित थियो । त्यो हो कम्युनिष्ट शासन र प्रचण्ड पथ । खासगरी वेरोजगार युवा माझ नेपालको ग्रामीण भेगमा राजनीतिमा हुने दिनहुँको ईश्र्या र वार्तालाप ।

दिनहुँको समाजवादी चिन्तनले थोपरेको विचार प्रणाली । उनीहरुले बुझेको कम्युष्टि सिद्वान्त । माक्र्सववाद । अनि शोषक र शासक विचको श्रम ज्यामितिको निरन्तरको पूजीँवादको गतिशिल प्रवाह ।

कम्युनिष्ट शासनमा ले्निन, विचारधारा उद्वेलित हुन्छ । वैज्ञानिक समाजवाद अर्थात समाज जहिले परिवर्तनकारी हुन्छ चाहे त्यो भौतिकवादी सर्वहारा क्रान्तिमा होस वा वुर्जवातन्त्र वा लोृकतन्त्रमा नै किन न होस । दर्शन मानिसको लागि नभइ नहुने वस्तु हो ।

दर्शनले पनि संगालेको हुन्छ ।
तर माक्र्सवादी अधिनायकत्व सहितको वर्हिगमित भ्रष्टिकरण तेजस्वी रह्यो ।

२०५२ देखी २०६२÷६३ सम्मको जनयुद्वमा यही तुस रहयो मानिस खास खाओवादमा रुमल्लिए कि भनेर । हजारौं सहिद भए । लाखौं घरबार विहिन र अंगभंग पनि भए ।

युवा पंतिलाई शसस्त्र आगोमा भर्ति गराउने उद्वेलित शाही शासनलाई शत्रु बल ठानी अकर्मन्यता प्रस्तुत गर्ने । सरकारबाट विरोधी अराष्ट्र तत्ववादी दल वा आतंककारी नामाकरण समेत गरियो । विभिन्न नेता गण माथि अराजक भूमिगत कार्यकर्तालको विल्ला लगाई हानथाप भयो ।

माओवादको माग थियो गणतन्त्र, पश्चिम किल्ला कांगडा देखि मेची पूलसम्म नेपालको सिमाना र राष्ट्रपतिय शासन ।

वि.सं. २०६२ देखि २०६३ को राजधानी केन्द्रित १९ दिने आन्दोलन सम्म फर्कदा बढि दिनको आन्दोलनको प्रादुर्भावमा जनताको नासो जनतालाई भनि शासन भारको उद्घोष गरिएको थियो । वृहत शान्ति सम्झौता, सांसद विघठन, सुगठन, निर्वाचन र संविधान सभाको निर्वाचन हुँदै गणतन्त्रको मूल्याङ्न अकल्पनिय असामान्य कुरा हो ।

अहिलेको राजनीतिक शासन कालले जहिल्यै पार्टी वा दलको मूल्याङ्का र जोड घटाउमा दखल अन्दाजी गर्ने महसुस गर्ने गरिन्छ ।

संविधान सभाको निर्वाचन, राष्ट्रिय सभाको निर्वान, स्थानिय चुनाव, क्षेत्रिय चुनाव र केन्द्रीय निर्वाचनले देशलाई लोकतान्त्रिक गणतान्त्रिक पद्वतीमा धकलेको नै छ ।

हाम्रो राष्ट्र एक राष्ट्रवादी, अखण्ड र सार्वभौम राष्ट्र हो । निश्चय नै वेतिथि र भ्रष्टिकरण बन्द गरियो र हामीलाई एक सवल विकेन्द्रित समाजवादी पूँजीवादी राष्ट्रको रुपमा परिचित गरिएमा हामी सफल राष्ट्रका असल नागरिक भइ ठान्ने थियो ।

जय देश ! जय राष्ट्रवाद