नेपालको राजनीतिक अस्थिरता, कुशासन र भ्रष्ट्राचारका कारणले तमाम क्षेत्रमा अब्यवस्था, निराशा, अन्योलता, अलोकप्रियता जस्ता कुरा बढिरहेको अवस्थामा राजनीतिमा विकल्पको माग अहिले जताततै बजारको आवाज बनेको भेटिन्छ । विद्यमान विश्व व्यवस्था मानवीय सभ्यता र वातावरणीय सुरक्षाको मामिलामा फेल भएको छ ।
शक्ति सन्तुलनको अवस्था परिवर्तन हुने संकेतहरु एकपछि अर्को आइरहेका छन । भूगोल र जनसंख्याका हिसाबले ठूलो एसिया महादेश विश्वको आर्थिक, सामरिक र अन्य हिसाबमा अगाडि आएको छ । विश्वका ठूला शक्ति राष्ट्रहरु चीन र भारतका बीचमा रहेको नेपाल लाममो इतिहास तथा आफ्नै गर्विलो पहिचान रहेको नेपालमा चलि आएको राजनीतिक सत्ता पनि नयाँ युगमा पदार्पण गर्ने अवस्थामा छ ।
२०४६ सालपछिका सरकार र राजनीतिक प्रणाली देशको माग अनुसार नरहेको कुरा अहिले सबैले सस्विकार गरेको विषय बनेको छ । २०६३ पछिको व्यवस्था र खास गरी विद्यमान संविधान बनेको २०७२ साल पछिको शासन पद्धति नाममा फरक भए पनि आर्थिक प्रणाली र राजनीतिक पार्टी तथा नेताहरुको व्यवहार राष्ट्र र जनताको पक्षमा रहेन । यसको परिणाम राष्ट्रको गरिमामा नै आँच आउँनेसम्मको अवस्था आयो ।
सत्तासिनहरु अलोकप्रिय छन, तथापि देशले उनिहरुलाई नै अवसर दिनु बाहेक अर्को बाटो रहेन । एक प्रकारको राजनीतिक सेण्डिकेट खडा गरेर जनताले मन नपराएका राजनीतिक पार्टी र तिनका नेताहरुले सत्ता कब्जा गरेको अवस्था रहेको छ । आज मुलुकको माग नयाँ विकल्प बनेको छ, यो विषयमा चर्चा परिचर्चा सबैतिर सुनिन्छ ।
विकल्पका लागि केही स्वतन्त्र ब्यक्ति र युवाहरुले गठन गरेको नयाँ पार्टीले चुनावमा उल्लेख्य मत पाउनु भनेको विकल्पका लागि जनममत तयार रहेको अभिब्यक्ति हो । धरान, काठमाडौ र धनगढीका स्वतन्त्र मेयहरुको विजय जनता विकल्पको खोजिमा रहेको अभिव्यक्ति दिइरहेका छन ।
छोटो समयमा नै रा स्व पा को विजय नयाँ विकल्पको लागि जनमत हो । निर्वाचन आयोगमा दर्ता रहेका साना पार्टीका नेताहरु, ठूला पार्टीका केही दोश्रो र तेश्रो तहका नेताहरु, स्वतन्त्र नागरिकहरु नयाँ विकल्पका बारेमा छलफल गरिरहेका छन । बैकल्पिक राजनीतिक पार्टी वा वैकल्पिक अभियानका लागि तयार हुने अगुवारअभियन्ताहरुले विचाररसिद्धान्त, नेतृत्व, संगठन र अभियान सम्बन्धि स्पष्ट रुपरेखा रचना गर्न मिहेनतका साथ समय दिनु आवश्यक छ ।
मूलतः कुनै राजनीतिक शक्तिको स्थापना, व्यवस्थापन र उद्देश्य प्राप्तिका दिशामा क्रियाशील हुन यि कुरा आवश्यक छ:- (१) स्पष्ट, मूर्त, आजका सभ्यताको शन्दर्भमा मानवीय आकांक्षाको संबोधन हुन सक्ने विचार र सिद्धान्तको सुत्रबद्धता । (२) संगठन र अभियानको व्यवस्थापन र सञ्चालनको सिद्धान्त । (३) नेतृत्व । यि तीन कुरा छुट्टाछुट्टै रुपमा पनि पूर्ण हुनु पर्छ र तीनवटाकै संयोजन पनि उचित ढङ्गले हुनुपर्छ । तीनवटाको योग छुट्टाछुट्टैको योगभन्दा अधिक हुन्छ ।
मूल नेतृत्व र अभियानको नेतृत्व तहमा रहने सदस्यहरुको अभिब्यक्ति आधिकारिक, जिम्मेवार र एक रुपतापूर्ण हुनु आवश्यक हुन्छ । त्यतिकै महत्वपूर्ण पक्ष नेतृत्वमा रहने व्यक्तिको अभिब्यक्ति, सोँच, शैली, व्यवहार अभियानले निर्दिष्ठ गरेको दिशामा लक्षित हुनु आधारभूत चरित्र हुनुपर्दछ । यसबाट संगठन र अभियानको पहिचान स्थापित हुन्छ । यसकै आधारमा जनविशस बढ्दै जान्छ । आम नागरिकको बीचमा संगठनरअभियानको लोकप्रियता बढ्दै जाँदा नयाँ सामाजिक शक्तिको रुपमा स्थापित हुन थाल्छ ।
संगठनरअभियानको आन्तरिक र बाह्य जिम्मेवारी, चुनौतिहरु बढ्दै जान्छ । समस्या, अन्तरविरोध र कठिनाइहरु बढ्दै जान सक्छन । यि सबैलाई समाधान गर्ने स्पष्ट, पारदर्शी र प्रभावकारी विधि र प्रकृयाको विकास भई सकेको हुनुपदर्नेछ । यसमा नेतृत्वको पहल महत्वपूर्ण रहन्छ । नयाँ विकल्प हुनका लागि नयाँ आर्थिक प्रणाली, राजनीतिक प्रणाली र संगठन प्रणालीको सैद्धान्तिक एवं व्यवहारिक सिद्धान्तको विकास गरिसकिएको हुनु पर्नेछ ।
यि सिद्धान्तहरु विकास र परिमार्जन हुदै जाने छन् । उचित परिमार्जन गर्ने उच्च स्तरको प्राज्ञिक अध्यययन, अनुसन्धान र परिमार्जन गर्ने संरचना संगठनरअभियानमा सक्रिय हुने कुरालाई महत्वको विषय मान्नु पर्नेछ । यो विषयलाई सुरुआतका दिनदेखिनै प्राथमिकतामा नराखे कुनै संगठन राजनीतिक शक्ति बन्न सक्दैन ।
अर्थप्रणाली र राजनीतिक प्रणाली अन्योन्याश्रित विषय हुन । कार्यकारी प्रमुख, अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नर भिन्न राजनीतिक सिद्धान्तको हुनु वा राजनीतिक कुरा एउटा गर्नु आर्थिक प्रणाली अर्कै सिद्धान्तको झेल्नु पर्ने अवस्था बनाउँदा जे हुनु पर्ने हो तेही भइरहेको छ । नेपालको शन्दर्भमा नेपालको अर्थतन्त्र कस्तो हुनु पर्ने हो सो विषयमा जान्ने अर्थशास्त्री निर्णायक नरहेको अवस्था देखिन्छ ।
आजको समयमा देखा परेका वातावरणीय मुद्धा, बस्तु र सेवाका मूल्य तथा गुरणस्तरीयताका मुद्दा, उपभोक्ता हकहितका मुद्दा, सामाजिक सुरक्षाको कुरा, रोजगारी आदि विषयमा सरकारले अलिकति पनि भोसा दिने काम नगरेपछि आम मानिसमा निराशा बढेको छ । आजको सूचना प्रविधि, आर्टिफिसियद इण्टेलीजेण्ट, क्वाण्टम कम्प्युटिङ् प्रविधिको खोज र उपयोग भइरहेको अवस्थामा नेपालका नेताहरु भने राज्यको जिम्मेवारीमा बसेर लाटो देशको गाँडो तन्नेरी भन्ने अखानको चरिथार्थ गरिरहेको अवस्था छ ।
असीको दशकमा सिङ्गापुरले आफ्नाे देशको अर्थतन्त्रलाई को–अपरेटिभ इकोनोमी भनेको थियो । फेयर मार्केट र अन्य कतिपय उपभोक्ता हितको बजार प्रणालीमा यो देशले नयाँ अभ्यास गर्यो, जो आज सबैले अनुसरण गरिरहेका छन । नेपालको राजनीतिक क्षेत्रको जिम्मेवारीमा रहेका नेताहरुको निम्न कोटीको सोँच र व्यवहारका कारणले पनि देशले लामो समय फजुलमा विताउनु परेको छ ।
युवाहरुमा देशको भविष्यप्रति कुनै उत्साह देखिदैन । यसको मूल कारण राजनीतिक क्षेत्रमा रहेको नालायकीपन, योग्यताको कदर नहुने सँस्कृति, पक्षपात, घुसखोरी, भ्रष्ट्राचार, भनसुन र चाकरीका भरमा अयोग्य मानिसले जिम्मेवारी पाउँने तर कामम केही नगर्ने आदि कुरा देशलाई बर्बाद पार्ने कुरामा बढावा गर्ने विषय बनेका छन् । विद्यमा परिपाटीका बाहक तथा यसलाई निरन्तरता दिने राजनीतिक पार्टीहरुका ठाउँमा नयाँ विकल्प मुलुकको माग बनेको छ । नयाँ राजनीतिक विकल्पको खोेजी अहिले चारैतिर छलफलको विषय बनेको पाइन्छ ।