हजारौं वर्षसम्म विश्व महाशक्ति रहेका चीन र भारत इतिहासको कुनै कालखण्डमा एक पटक पनि लडेनन । बरु यी दुई साम्राज्यलाई बुद्धिजमले साँस्कृतिक रूपमा जोड्यो । उनिहरु लाई असल मित्र र सहयात्री बनायो ।
पश्चिमाहरुलाई राम्रोसँग थाहा छकी चीन र भारत एक भए भने संसार निल्छन । चीन र भारत बिचको एकता र सहकार्यले ५०० वर्षको श्वेत साम्राज्यवादलाई चिहान मुनि गाड्नेछ । त्यसैले चीन र भारतको ऐतिहासिक सम्बन्ध लाई तोडेर यी दुई मुलुक लाई फुटाउन र जुधाउन पश्चिमाहरुले विभिन्न तिकडमको प्रयोग गर्दै आएका छन् ।
१) चीनबाट बुद्धिजम, ताओइजम र कन्फ्युसियनइजम लाई phase out गरेर चीन र भारतविचको हजारौं वर्ष पुरानो साँस्कृतिक सम्बन्ध टुटाउन पश्चिमाहरुले चीनमा आक्रामक इशाइकरणको अभियान चलाए । चीनको राज्यसत्ता कब्जा गर्न ताइपिङ नामक इशाइ विद्रोह गराए । तर उनिहरुको योजना असफल भयो ।
२) १२ सय वर्षसम्म मुस्लिम सम्राट महम्मद बिन क्वासिमदेखी औरङ्गजेब सम्मले हिङ्साको प्रयोग गरेर भारतीय समाजको ठुलो हिस्सालाई धर्मान्तरण गरेका थिए । अङ्ग्रेजहरुले पनि भारतिय समाजलाई इशाइकरण गर्न हिङ्साकै प्रयोग गर्नु पर्थ्यो । नत्र भए तत्कालीन समाजले धर्म परिवर्तन गर्दै थियो । तत्कालीन समाज धार्मिक हिसाबले कट्टर थियो । कट्टर समाजले दोस्रो धर्म लाई कुनै हालतमा स्विकार्दैन थियो । अङ्ग्रेजहरुले हिङ्साको प्रयोग गरेर भारतीय समाजलाई इशाइकरण गर्न असम्भव थियो । भारतीय समाजको ठूलो हिस्सा धर्म परिवर्तन गरेर मुस्लिम बनेको थियो । भारतका मुस्लिम माथी दमन भएको खन्डमा तत्कालीन मुस्लिम महाशक्ति अटोमन साम्राज्य र पुरै मुस्लिम विश्व पस्चिमा शक्तिहरु विरुद्ध जाइ लाग्न सक्थे । सानो गल्तिले गर्दा बेलायती साम्राज्य त्यतिबेलै ढल्न सक्थ्यो ।
३) पश्चिमाहरुलाई जसरी पनि चीन र भारत बिचको साँस्कृतिक सम्बन्ध टुटाउनु थियो । चीन वा भारतको प्रत्यक्ष इशाइकरण गरेर यो सम्बन्ध टुटाउन असम्भव भएपछी उनिहरुले अर्को जुक्तिको प्रयोग गरे । अब पस्चिमाहरुले anthropology को नाममा विभिन्न सिद्धान्तहरुको निर्माण गर्दै पस्चिमा र भारतबिच पुरानो सम्बन्ध रहेको भनेर प्रचार गरे । उत्तर भारतका मानिस (आर्य) हरु ककेसियन प्रजातिको एउटा साखा भएको दाबी गरे । भारतीय आर्यहरु ३५०० वर्ष अगाडि मात्रै ककेसियाको क्षेत्रबाट इरान हुँदै भारत पुगेका हुन् भने । यो “आर्य mmigration” को सिद्धान्तलाई नेपालमा त अझैसम्म पनि शाश्वत सत्यको रूपमा स्विकारिन्छ । केही भारतीय विद्वानहरुले यो षड्यन्त्र हो भनेर बुझिसकेका छन् । पश्चिमाको यहीँ design अन्तर्गत हिटलरले जर्मन जाती खाटी आर्य हुन् ।भारतीयहरु चाहिँ रगत बिग्रेका आर्य हुन् भन्यो । उसले हिन्दुहरुको स्वस्तिक चिन्हको समेत प्रयोग गर्यो । पश्चिमाहरुले भारत र चीनबिचको हजारौं वर्ष पुरानो सम्बन्ध तोड्न DNA को साइनो नै केलाए ।
४) पश्चिमाहरुले भारतीयहरुसङ्ग DNA को साइनो त केलाए केलाए । उनिहरुले भाषिक र साङ्स्कृतिक सम्बन्ध पनि गासे । पश्चिमा विद्वानहरुले अङ्ग्रेजी लगायत अरु युरोपेली भाषा र भारतमा प्रयोग हुने संस्कृत, हिन्दु र भारतीय उपमहाद्विपमा प्रयोग हुने भाषाहरु एउटै भाषिक परिवारका हुन् भनेर दाबी गरे । अहिलेसम्म पश्चिमाहरुले निर्माण र प्रयोग गरेको यो सिद्धान्त सर्वमान्य छ ।
५) पश्चिमाहरुले विभिन्न कारणले भारतीय समाजलाई प्रत्यक्ष धर्मान्तरण गरेर इशाइ बनाउन सकेनन् । प्रत्यक्ष धर्मान्तरण बाहेक अरु योजना सफल बनाएका पश्चिमाहरुले भारतीय हिन्दुहरुसङ्ग धर्मको सम्बन्ध पनि जोडिसकेका छन् । अहिले कृष्ण र येशु एउटै हुन् वा येशु कृष्णका चेला थिए भनेर केही हिन्दुहरु आफै प्रचार गर्दैछन् । ओशोमार्गिहरुले त येशुलाई पनि बुद्धत्व प्राप्त गरेका महामानव हुन् भनेर स्विकारिसकेका छन् । हिन्दु साथिहरुले भने अनुसार केही हिन्दु पन्थिहरुले त भागवत गितालाई तोडमोड गरेर Semi Bible बनाइसके । पश्चिमाहरुले इशाइ र हिन्दु धर्म एक अर्काका anti thesis होइनन् भनेर प्रमाणित गर्न हरेक तिकडम र रणनीतिको प्रयोग गरिरहेका छन् ।
यसरी पश्चिमाहरुले भारतीय हिन्दुहरुसङ्ग बिना आधारको साङ्स्कृतिक सम्बन्ध पनि गासिसके । यति गरिसकेपछि साङ्स्कृतिक रुपमा भारत चीनसङ्ग होइन पस्चिमासङ्ग नजिक हुने भयो । पश्चिमाहरुले माथी उल्लेखित यावत रणनीतिको प्रयोग गर्नुको एउटै उदेश्य होः भारतलाई स्थायी गुलाम बनाएर चीनको विरुद्ध प्रयोग गर्ने । एसियाको पुनरुदयलाई रोक्ने र विश्वभर सधैंको निम्ति श्वेत साम्राज्यवाद कायम राख्ने ।