काठमाण्डू, हिमालयन ग्लेसियार ट्रेकिङका संचालक सागर पाण्डे ट्रेकिङ्ग एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि साझा उम्मेदवार बन्ने भएका छन् ।
टानको महासचिवको जिम्मेवारी सम्हालीसकेका पाण्डेलाई नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यावसायी संगठन सहित अन्य पर्यटन ब्यावसायीले टानको अध्यक्षमा अघि सार्ने सर्वसम्मत निर्णय गरेका हुुन् ।
बिगत लामो समयदेखि नेपालको पर्वतीय पर्यटनमा सक्रीय रहँदै आएका पाण्डे टानको आगामी अध्यक्षमा उम्मेदवार बन्ने भएपछि हर्षित भएका छन् ।
पर्यटन व्यावसायीमा उत्साह थपिएको वरिष्ठ पर्यटन व्यावसाययी गणेश सिम्खडाले ब्यावासयिक ब्यक्ति नेतृत्वमा पुगे सस्था प्रतिकोे भरोसा बढने बताए ।
यसअघि टानको महासचिव हुँदा पाण्डेले पर्यटन प्रबर्द्धनमा गरेको कामको अहिले पनि चर्चा हुने गरेको सिम्खडाको भनाइ छ ।
आगामी नेतृत्व व्यवसायमूखी, वैचारिक, दक्ष र अनुभवी हुनुपर्ने आवाज उठी रहेका बेला पाण्डेको उम्मेदवारी घोषणले ब्यावसायीमा उत्साह थपृको छ ।
टानको निर्वाचन आगामी भदौ १७ मा हुुँदै छ ।