२०८१ असोज १९ शनिवार | Saturday, Oct 05 2024

जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प

Untitled
Untitled
Untitled

एजेन्सी, जापानमा शक्तिशाली भूकम्प गएको छ । विहीवार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्यूडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।

एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको क्यूशू रहेको छ ।

भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।

यद्यपि भूकम्पले पुर्‍याएको क्षति विवरण भने आइसकेको छैन ।

यसअघि गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो ।

Untitled
Untitled
Untitled