२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न पश्चिमा मुलुकहरुको आग्रह

Untitled
Untitled
Untitled

एजेन्सी, पश्चिमा मुलुकहरुले धमाधम लेबनानबाट आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका छन् ।

बेलायतपछि अमेरिकी सरकारले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको हो ।

मध्यपूर्वमा बढ्दो तनावलाई लिएर लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई आइतवार यस्तो आग्रह गरेको बीबीसीले जनाएको छ ।

दुतावासले जस्तो टिकट पाइन्छ तत्कालै टिकट काटेर उडिहाल्न आग्रह गरेको छ ।

बुधवार तेहरानमा हमास नेता इस्माइल हनियाको मृत्युपछि इरानले इजरायलमाथि जवाफी फायर गर्ने चेतावनी दिएको छ ।

इजरायलले बेरुदमा हिजबुल्लाहका सैन्य कमान्डर फौद शुक्र मारिएको दावी गरेको केही घण्टापछि नै हनियाको पनि मृत्यु भएको थियो ।

जोर्डनका विदेशमन्त्रीले पनि आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह गरेका छन् ।

बेलायतको विदेश मन्त्रालयले बेलायती नागरिकले लेबनान छोडे यसबाट सिर्जना हुने व्यावसायिक विकल्प उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

Untitled
Untitled
Untitled