२०८१ वैशाख १३ बिहीवार | Thursday, Apr 25 2024

मध्य गाजामा इजरायली विस्फोट ४० को मृत्यु १०० घाइते

एजेन्सी, मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।

गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो ।

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गरायो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको उल्लेख गरेको छ ।

इजरायली आक्रमणले छिमेकमा गम्भीर क्षति पुर्‍याएपछि मानिसलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण स्थलहरूमा पुगेको सुरुक्षा स्रोतले जानकारी दियो ।

चिकित्सा स्रोतका अनुसार अल–अक्सा शहीद अस्पताल हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ ।

रासस/सिन्ह्वा