२०८१ भदौ २६ बुधवार | Wednesday, Sep 11 2024

पाकिस्तानमा आज आमनिर्वाचन, विष्फोटका कारण मतदाता त्रासमा

Untitled
Untitled
Untitled

एजेन्सी, पाकिस्तानमा आज आमचुनाव हुँदैछ । निर्वाचनका लागि देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र तोकिएका छन् ।

चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको बीबीसीले जनाएको छ ।

पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलावाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीले उम्मेद्वार खडा गरेका छन् ।

जेलमा रहेका इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पाटीको चुनाव चिन्ह खारेज भएकाले यसका उम्मेदवार स्वतन्त्ररूपमा चुनावी प्रतिस्पर्धामा छन् ।

पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता छन् । यसअघि २०१८ मा भएको आम चुनावमा ५२ प्रतिशत नागरिकले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । राष्ट्रियसभाका सदस्य नागरिकले चुन्ने व्यवस्था छ । राष्ट्रियसभामा कुल ३ सय ३६ सिटमध्ये २ सय ६६ सिटका लागि नागरिकले मतदान गर्न लागेका हुन् ।

यसैबीच, चुनावको पूर्वसन्ध्यामा पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

चुनावको अघिल्लो दिन भएको विस्फोटले मतदातामा त्रासको वातावरण सिर्जना भएको छ ।

बढ्दो महँगीका कारण नागरिकले आर्थिक संकट झेलिरहेका बेला पाकिस्तानमा आगामी ५ वर्षका लागि चुनाव हुन लागेको हो ।

 

Untitled
Untitled
Untitled