२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

त्रिपुरामा भारतीय जनता पार्टीको बहुमत

Untitled
Untitled
Untitled

एजेन्सी, भारतका तीन उत्तरपूर्वी राज्य त्रिपुरा, मेघालय र नागालैण्डमा हालै सम्पन्न विधानसभा निर्वाचनको नतिजा प्राप्त भएको छ ।

त्रिपुरामा भारतीय जनता पार्टीेले बहुमत हासिल गरेको छ भने मेघालय र नागालैण्डमा प्रादेशिक पार्टीले अग्रता हासिल गरेका छन् ।

त्रिपुरा विधानसभाका ६० मध्ये भाजपाले ३२ सिट जितेको छ । त्रिपुरामा भाजपाको यो लगातार दोस्रो जित हो । अघिल्लो निर्वाचनमा उसले ३६ सिट हासिल गरेको थियो ।

४ सिट घटे पनि भाजपाले बहुमत कायमै राखेको छ । त्रिपुरामा भाजपाको उदय हुनु अघि २६ बर्ष निरन्तर भारतीय कम्युनिष्ट पार्टी ९मार्क्सवादी० ले शासन गरेको थियो ।

यसपटक उक्तपार्टी ११ सिटमा सीमित भई तेस्रो स्थानमा झरेको छ। दोस्रो स्थानमा १३ सिट सहित नयाँ पार्टी टिएमपीको उदय भएको छ ।

यो त्रिपुरा राजवंशका नयाँ पुस्ताका राजकुमार प्रत्योददेब बर्मा नेतृत्वको पार्टी हो । भारतीय राष्ट्रिय कांग्रेसले ३ सिट मात्रै जितेको छ ।

मेघालयमा भने मुख्यमन्त्री कन्नाड संगमाको पार्टी एनपीपी २६ सिटसहित सबैभन्दा ठूलो पार्टी भएको छ । दोस्रो स्थानमा अर्को स्थानीय पार्टी युडिपीले ११ सिट हासिल गरेको छ ।

राष्ट्रिय दलहरु भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टी क्रमशः ५ र २ सिटमा सीमित भएका छन् ।

नागालैण्डमा भने मुख्यमन्त्री नेफ्यु रियोको पार्टी एनडीपीपी र भाजपाको गठबन्धनले बहुमत हासिल गरेको छ । ६० सिट भएको विधानसभामा एनडीपीपीले २५ र भाजपाले १२ सिट जितेका छन् ।

 

Untitled
Untitled
Untitled