२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

ग्रीस रेल दुर्घटनामा मृतकको संख्या ३२ पुग्यो, ८५ जना घाइते

Untitled
Untitled
Untitled

एजेन्सी, ग्रीसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएको बीबीसीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ ।

मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुवाहक रेल र मालबाहक रेल ठोक्किएका थिए। रेल ठोक्किएपछि डिब्बाहरू छुट्टिएका थिए। तीनवटा डिब्बामा आगो लागेको थियो।

आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरूको टोली खटिएका थिए । सीएनएनले कम्तिमा ८५ जना घाइते रहेको जनाएको छ ।

भिडियो फुटेजहरूमा दुर्घटनास्थलमा धुवाँको बाक्लो मुस्लो उडेको र रेलका डिब्बामा आगो दन्किएको देखिन्छ ।

हेड क्याम्प लगाएका उद्धारकर्ताहरूले धुवाँको मुस्लोमा छिरेर रेलमा च्यापिएका घाइतेहरूको उद्धार गरेका थिए ।

 

Untitled
Untitled
Untitled