एजेन्सी, आगामी फेब्रुअरी २४ मा युक्रेन–रुस युद्धको एक वर्ष पूरा हुँदैछ। तर, पनि शान्ति स्थापनाको कुनै छाँटकाँट छैन।
रुसी आक्रमणको वर्ष दिन पुग्न लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेनको राजधानी किभ पुगेका छन्।
रुसी आक्रमणपछि बाइडेन पहिलो पटक युक्रेन पुगेका हुन्। यसअघि अमेरिकी राष्ट्रपति बाइडेन पोल्यान्डका राष्ट्रपति एन्द्रेज दुदासँग भेटवार्ताका लागि वार्सा जाने तय भएपनि उनी अचानक किभ पुगेका हुन्।
यसैबीच बाइडेनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन्। जेलेन्स्कीसँगको भेटपछि बाइडेनले युक्रेनलाई अमेरिकी समर्थन निरन्तर उपलब्ध गराइने बताएका छन्।
अमेरिकी राष्ट्रपति कार्यालयका तर्फबाट जारी गरिएको नोटमा भनिएको छ, ’किभको मेरो यात्रा युक्रेनी लोकतन्त्र, सम्प्रभुता तथा क्षेत्रीय अखण्डताप्रति हाम्रो अटूट र अटल प्रतिबद्धता फेरि एक पटक पुष्टि भएको छ ।’
सैन्य अनुभवका बाबजुद पनि युक्रेनी नागरिकले साहसपूर्वक लडेको भन्दै बाइडेनले प्रशंसा गरेका छन् ।