२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

जाडो सकिनासाथ युक्रेनले रुसविरुद्ध ठूलो हमला गर्ने अमेरिकाको दाबी

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जाडोपछि युक्रेनले रुस विरुद्ध नयाँ प्रतिशोधात्मक हमला गर्ने दाबी गरेका छन् ।

युक्रेनका लागि सैन्य सहायतासम्बन्धी वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै लोयड अस्टिनले युक्रेनका साझेदार राष्ट्रहरू आवश्यक परेसम्म एकजुट रहने र जाडोपछि रुसविरुद्धको आक्रमण बढ्ने बताएका बीबीसी हिन्दीले जनाएको छ ।

ब्रसेल्समा भएको नेटोको महत्वपूर्ण बैठकमा युक्रेनलाई हतियार उपलब्ध गराउने विषयमा छलफल भएको छ ।

सदस्य राष्ट्रहरूले युक्रेनलाई थप सहायता दिने विषयमा छलफल गरेका थिए।

यस बैठकपछि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जाडो सकिएपछि युक्रेनले रुसविरुद्ध नयाँ जवाफी हमला गर्ने अपेक्षा गरेको बताएका छन् ।

रुसले युक्रेनमा ठूलो हवाई हमला गर्ने तयारी गरिरहेको मिडिया रिपोर्टले दाबी गरेको छ । यसै क्रममा अमेरिकाका उच्च सैन्य जनरल मार्क माइलीले यस पत्रकार सम्मेलनमा रुसको आलोचना गरेका छन् ।

मार्क माइलीले भने कि राष्ट्रपति पुटिनले छोटो समयमा युक्रेनलाई हराउने सोच्नु गलत थियो।

युक्रेनमा जारी युद्धमा रुस सैन्य परिचालन र रणनीतिक रूपमा पराजित भएको र युद्धको मैदानमा ठूलो मूल्य चुकाउनु परेको उनले बताए। यसै क्रममा नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले रुसी राष्ट्रपति पुटिनले शान्ति ल्याउन नभई ठीक उल्टो गर्ने तयारी गरिरहेको बताएका छन् ।

नेटो प्रमुखले पुटिनले युद्धलाई थप लम्बाउने तयारी गरिरहेको बताएका छन् । ब्रसेल्समा भएको नेटो अधिकारीहरुको बैठकको आलोचना गर्दै रुसले नेटो देशहरु रुसको विरुद्धमा रहेको बताएको छ ।

Untitled
Untitled
Untitled