२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

न्यूजील्याण्डमा इतिहासकै ठूलो चक्रवात, आपतकालीन अवस्थाको घोषणा

Untitled
Untitled
Untitled

एजेन्सी, न्यूजील्याण्डमा इतिहासकै ठूलो चक्रवात आएको छ । चक्रवातका कारण हजारौँ नागरिकलाई घरबाट निकालेर सुरक्षित ठाउँमा सारिएको छ ।

विभिन्न ठाउँमा सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ । आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकअनल्टीले मंगलबार बिहान राष्ट्रिय घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

नर्थल्याण्ड, अकल्याण्ड, ताइराविटी, बे अफ प्लेन्टी, वाइकाटो र हक्स बे क्षेत्रहरूमा आपतकाल लागू हुनेछ र प्रकोपमा सरकारले कामलाई सुव्यवस्थित गर्नेछ।

न्यूजील्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा अधिकारीहरूले पहिले नै ३० मिटर अग्लो टावर वरपरका ५० घरहरूबाट मानिसहरूलाई बाहिर निकालेका थिए, जुन भत्किने खतरामा थियो ।

सहरमा दर्जनौं विस्थापन केन्द्रहरू पनि स्थापना गरिएका छन्। न्यूजील्याण्डका केहि ठाउँमा अहिलेसम्मकै धेरै वर्षाको रेकर्ड कायम भएको छ ।

न्यूजील्याण्डको मौसम विज्ञान एजेन्सीले विगत २४ घण्टामा हक बे क्षेत्रमा १०० देखि २६० मिलिमिटरसम्म वर्षा भएको बताएको छ।

 

Untitled
Untitled
Untitled