२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

टर्की भूकम्पमा मृतकको संख्या २८ हजार नाघ्यो, केही ठाउँमा लुटपाट

Untitled
Untitled
Untitled
एजेन्सी, टर्कीमा सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको छ । टर्कीमा २४ हजार ६ सय १७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरी २८ हजार १ सय ९२ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ । अहिले पनि खोजी र उद्दारको काम चलिरहेको छ । यसैबीच भूकम्प प्रभावित टर्कीमा सेनाले लुटपाटको आरोपमा कम्तीमा ५० जनालाई पक्राउ गरेको छ भने केही बन्दुक बरामद गरेको बीबीसीले जनाएको छ । यसअघि विभिन्न समूहबीच झडप हुँदा उद्धार कार्य प्रभावित भएको थियो । १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भएको छ । हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्प गएको लामो समय र अत्यधिक चिसोका कारण मानिसहरु जीवित भेटिने आशा सकिँदै जाँदा केही चमत्कारिक उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
Untitled
Untitled
Untitled