२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

भिनिसियसमाथि दुई खेलको प्रतिबन्ध

Untitled
Untitled
Untitled

एजेन्सी । स्पेनिस क्लब रियल मेड्रिडका स्टार भिनिसियस जुनियरमाथि दुई खेलमा प्रतिबन्ध लागेको छ। स्पेनिस ला लिगाको अनुशासन कमिटीले मंगलवार राति औपचारिक निर्णय गर्दै ब्राजिलियन खेलाडीमाथि दुई खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

पछिल्लो खेलमा रियलले ला लिगामा भ्यालेन्सियाविरुद्ध २–१ गोलअन्तरको कमब्याक जित निकाल्ने क्रममा भिनिसियसले विपक्षी टिमका गोलकिपरमाथि हातपात गरेका थिए। त्यसका लागि उनलाई सोझै रातो कार्ड देखाइएको थियो।

अनुशासनको आचरणविपरीत मैदानमा हिंसात्मक कार्य गरेको भन्दै ला लिगाको अनुशासन कमिटीले रियलका फरवार्डलाई दुई खेलमा प्रतिबन्ध लगाउने निर्णय सुनाएको हो। तर, यो प्रतिबन्ध स्पेनिस सुपर कपका खेलमा भने लागू हुनेछैन। उनले ला लिगामा मात्रै उक्त प्रतिबन्ध बेहोर्नुपर्ने छ।

भिनिसियसमाथि लाग्न सक्ने प्रतिबन्धका कारण उनले कोपाको फाइनल खेल गुमाउने डर थियो। तर, ला लिगाले भिनिसियसमाथिको प्रतिबन्ध ला लिगामा खेलमा मात्रै लागू गराउने भएपछि भिनिसियस र रियल मेड्रिडको तनाव हटेको छ। रियल अहिले सुपर कपको उपाधि जित्ने लक्ष्यसहित साउदी अरब पुगेको छ। रियलले सेमिफाइनलमा मालोर्काविरुद्ध खेल्ने तालिका छ।

रियलले साउदी अरबमा सुपर कप खेल्दा भिनिसियस जुनियर सेमिफाइनल र फाइनल दुवै खेलमा उपलब्ध हुनेछन् । रियलले सेमिफाइनलमा मालोर्का र बार्सिलोनाले एथ्लेटिक क्लबको सामना गर्दैछ। सेमिफाइनलमा आ–आफ्नो खेल जिते रियल मेड्रिड र बार्सिलोनाले सुपर कपको उपाधिका लागि एकअर्कासँग ‘एल क्लासिको’ झल्काउने म्याच खेल्नेछ।

Untitled
Untitled
Untitled