२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

अदालतको आदेश लगत्तै धरौटी बुझाएर पूर्व सांसद गुरुङसहित तीन जना रिहा

Untitled
Untitled
Untitled

लेखनाथ । पोखरा–४, कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर तीन जना रिहा भएका छन्।

बिहीबार न्यायाधीश नीतिज राईको इजलासको आदेशपछि तीन जना रिहा भएका हुन्। आदेशपछि सूर्यदर्शनका पूर्व सञ्चालक कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुट्नुभएको हो।

कृष्ण गुरुङसँग एक लाख, मीना गुरुङसँग र आरती गुरुङसँग जनही पाँच लाख धरौटी माग भएको थियो। मीना गण्डकी प्रदेशसभाकी पूर्व प्रदेशसभा सदस्यसमेत हुनुहुन्छ। उहाँहरुले सूर्यदर्शनबाट रकम अपचलन गरेको नदेखिएपछि उहाँहरुको कार्यकालमा लगानी भई नउठेको ५४ लाख ऋणको सामूहिक दायित्व दाबी गर्दै पुस ७ गते मुद्दा दर्ता भएको थियो।

अदालतले रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपियाँ धरौटी माग गरेको छ।

Untitled
Untitled
Untitled