२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

हमास आतंकवादी आक्रमणका पीडितहरूको व्यक्तिगत सामग्री हस्तान्तरण गरियो

Untitled
Untitled
Untitled

काठमाडौं । नेपालस्थित इजरायली दूतावासले अक्टोबर ७ मा भएको हमास आतंकवादी आक्रमणका पीडितहरूको व्यक्तिगत सामग्री उनीहरूका परिवारलाई हस्तान्तरण गरेको छ।

इजरायली दूतावासले २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थीहरू र आक्रमणका पीडितहरूको गहिरो भावनात्मक महत्त्व बोकेका सामग्री नेपाल ल्याउन महत्वपूर्ण भूमिका खेलेको हो। इजरायली राजदूत श्मुलिक आरी बासले यी सामानहरू नेपाल ल्याउन व्यक्तिगत प्रयास गरेका थिए।

उनले हमास आक्रमणमा परी घाइते भएका धनबहादुर चौधरी र अरू छ जना विद्यार्थी तथा पीडित परिवारहरूसँग भेटी उनीहरुको पीडाका कथा सुनी सहानुभूति प्रकट गर्दै उनीहरूको भविष्यका लागि शुभकामना दिए। उनले हमासद्वारा अपहरण गरिएका नेपाली नागरिक बिपिन जोशीको चाँडो फिर्तीको कामना गर्दै इजरायलले यसमा हरसम्भव सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

सन् २०२२ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी र अन्य देशका नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो। उक्त घटनामा हमासका लडाकुहरूले बिपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए ।

Untitled
Untitled
Untitled