२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

अमेरिकाको ओहायोमा २६०८ औं तमु तोला लोसार मनाइँदै

Untitled
Untitled
Untitled

संवाददाता, ओहायो अमेरिका : अमेरिकाको ओहायोमा Grand Tamu Tola Lhosar 2024-2025 हुने भएको छ । यही डिसेम्बर 28 र 29 का दिन विभिन्न कार्यक्रम सहित कोलम्बस ओहायोमा लोसार सम्पन्न हुन लागेको हो । United Gurung Buddhist Organization Of America को आयोजना तथा Buddhist Gurung Community of Columbus Ohio को सहकार्यमा उक्त कार्यक्रम हुने भएको हो ।

 

अमेरिकामा गुरुङ जातिको कला, संस्कार, संस्कृति तथा बौद्ध धर्मको संरक्षण, सम्बर्द्धन साथै प्रबर्द्धन गर्दै आइरहेको UGBOA ले यस बर्ष पनि २६०८ औं तमु तोला लोसार मनाउन लागेको बताएको छ । डिसेम्बरको 28 र 29 दुई दिन चल्ने कार्यक्रममा बौद्ध गुरुबाट बिश्व शान्ती पुजा तथा प्रवचन साथै सुप्रसिद्द गायक कलाकारहरुबाट गुरुङ मौलिक संस्कार संस्कृति झल्कने लोक सांस्कृतिक कार्यक्रम समेत रहेको बताइएको छ ।

 

आयोजक समितिले उक्त कार्यक्रममा उपस्थितिको लागि सबैमा निमन्त्रणा समेत गरेको छ ।

Untitled
Untitled
Untitled