जाजरकोट । जाजरकोटको कुशे गाँउपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह १५ मतको मतान्तरले विजयी भएका छन् । कांग्रेस उम्मेदवार सिंह ३ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बरबहादुर घर्तीले ३ सय ३२ मत प्राप्त गरेका छन् । एक हजार ३ सय २ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा ९ सय ५६ मत खसेको थियो । यो वडामा यसअघि पनि कांग्रेसले जितेको थियो ।