काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खडकराज शाही विजयी भएका छन् ।
१४३ मत प्राप्त गर्दै शाही विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीले ११५ मत पाइन् ।
एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले समान १५ मत ल्याएका छन् ।