काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिआरआईका विषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।
कोइरालाले बिआरआईका विषयमा कांग्रेस-एमालेले तयार गरेको दस्तावेजलाई गहन छलफल गरेर यदि ठिक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताए ।
बिराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले बिआरआई जस्तो संवेदनशील विषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताएका छन् ।
बिआरआईका विषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनिहरुले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए ।