काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४ हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६४ हजार ५ सय तोकेको छ।
बुधबार सुन प्रतितोला तीन सय रूपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने चाँदी २ हजार १५ रूपैयाँमा कारोबार भएको थियो।