काठमाण्डू, सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
“कांग्रेसले राहत कोषमा ५० लाख जम्मा गर्ने भएको छ । त्यस्तै पीडितहरूको सहयोगका लागि कांग्रेस सांसदहरूले आफ्नो १५र१५ दिनको तलब पनि राख्नेछन्,” प्रवक्ता महतले भने ।
यस्तै दशैं(तिहारको अवसरमा पार्टीले आयोजना गर्ने गरेको चियापान कार्यक्रम भने रद्द गरिएको छ ।
बाढी(पीडितहरूको उद्धारमै केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले भने, “हामीले सबै सङ्घ(सङ्गठन पनि परिचालन गर्नेछौँ ।
त्यसका लागि केन्द्रीय समितिका साथीहरू खटिनुहुनेछ ।”