२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

विद्यार्थी भिषामा अष्ट्रेलिया थप कठोर बन्दै, आगामी महिनादेखि नयाँ नियम लागू हुने

Untitled
Untitled
Untitled

एजेन्सी, नेपाली विद्यार्थीको प्रमुख गन्तव्य मानिने अष्ट्रेलियाले विद्यार्थी भिषामा थप कडाइ गरेको छ ।

अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले पर्यटक भिसामा रहेका तथा टीआर भिसामा रहेकाले अबदेखि विद्यार्थी भिषा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् ।

यो नियम अर्को महिना जुलाई १ तारिखदेखि लागू हुने छ । नयाँ नियम आएसँगै अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी सबै भन्दा बढी प्रभावित हुनेछन् ।

खासगरी विद्यार्थी र अन्य अस्थायी भिषा वाहकलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्न नदिने सरकारको उद्देश्य रहेको मन्त्री ओनिलले स्पष्ट पारेकी छन् ।

गत १० महिनाको अवधिमा पर्यटक भिषाबाट विद्यार्थी भिषामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तीमा उल्लेख गरेकी छन् ।

त्यस्तै, ग्राजुएट भिषा ९टीआर० मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिषामा नै अष्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् ।

यसलाई गत वर्ष जारी गरिएको आप्रवासन रणनीति कार्यान्वयनकै श्रृंखलाको रूपमा व्याख्या गरिएको द पीआइई न्यूजले जनाएको छ ।

आगन्तुक भिषा र अस्थायी स्नातक भिषा ९दुई भिसा क्याटागोरी सबक्लास ६०० र ४८५० मा रहेकाहरूले अबदेखि अनसोर ९अष्ट्रेलिया भित्रैबाट० विद्यार्थी भिषाका लागि आवेदन दिन सक्ने छैनन् ।

यद्यपि त्यस्ता विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुनः विद्यार्थी भिषामा आवेदन दिन भने पाउनेछन् ।

यसअघि टुरिस्ट भिषामा अष्ट्रेलिया पुगेर त्यसलाई विद्यार्थी भिषामा बदलेर उतै बस्ने अभ्यास बढिरहेको थियो ।

अध्ययन सकेपछि पाइने ग्राजुएट भिषा ९टीआर० को अवधि सकिएपछि पुनः विद्यार्थी भिषामा आवेदन दिएर उतै बस्नेको ठूलो संख्यालाई रोक्न नयाँ नियमले सहयोग गर्ने सरकारको भनाई छ ।

कोभिड महामारीपछि विदेशी विद्यार्थी ह्वात्तै बढेर ७ लाख ४० हजारभन्दा बढी पुगेपछि अष्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गर्दै यसलाई उल्लेख्य रूपमा घटाउने रणनीति लिएको थियो ।

अष्ट्रेलिया सरकारको नयाँ नियमले नेपाली विद्यार्थी प्रभावित हुने छन् । हाल अष्ट्रेलियामा ५५ हजार ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।

चीन र भारतपछि सबैभन्दा ठूलो संख्यामा नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् ।

Untitled
Untitled
Untitled