२०८१ जेठ ६ आइतवार | Sunday, May 19 2024

लोसपा कार्यकारिणी समितिको बैठक बस्दै, सरकारमा सहभागीताबारे निर्णय लिने

काठमाडौ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दै छ। उपनिर्वाचन र सरकारमा सहभागीताका बारेमा निर्णय लिनका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो।

आगामी वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार चयन गर्नेबारे पनि आजको बैठकमा छलफल हुने बुझिएको छ।

लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो।

सपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउनेगरी छलफल अघि बढिएको बुझिएको छ।

यद्यपि, सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय भएको अवस्थामा के गर्ने भन्नेबारे आजको बैठकमा छलफल हुनेछ।