२०८० फागुन ११ शुक्रवार | Friday, Feb 23 2024

नगरकोट हिलसाइड भिलेज रिसोर्ट पाहुनाको रोजाइ बन्दै

काठमाडौं, नगरकोट हिलसाइड भिलेज रिसोर्ट यतिबेला पाहुनाहरुको रोजाइ बन्दै गइरहेको छ।

images

मनोरम हिमाल र सूर्योदयको दृस्यालोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ रिसोर्ट बन्न थालेको हो ।

काठमाडौं २८ किलोमिटरको दूरीमा रहेको रिसोर्टमा अतिथि सत्कारका लागि सदा तत्पर रहेको छ । खाने र बस्ने व्यवस्था हुनुका साथै प्राइभेट भिल्ला सहित ४० रुमहरु रहेका छन।

उक्त रिसोर्टमा योग ध्यान मेडिटेसन , हाइकिङ्,पिकनिक ,सेमिनार हलहरु, तथा बिभिन्न कार्यक्रमहरु गर्न र गराउन सकिने ब्यवस्था रहेको छ।

साथै ३ सय भन्दा बढि ब्यक्तिलार्इ एकैचोटि तालिम तथा सेमिनार गर्न सकिने छ ।

रिसोर्टमा पर्याप्त रुपमा पार्किङको व्यवस्था छ भने इनडोर डाइनिङ् हल बार र रेस्टुरेन्ट सुबिधाहरु उपलब्ध छन् ।

४५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टबाट अवलोकन गर्न सकिने हिमशिखरहरुले ग्राहकहरुको मनै फूरुङ्ग बनाउंछ ।

अतिथिको सन्तुष्टिलाइ ध्यानमा राख्दै दक्ष तथा अनुभवि सेफहरुद्वारा गुणस्तरीय खानाहरु पस्कनुका साथै कस्टमर सर्भिसलाइ बिशेष ध्यानमा राखिने कुरा रिसोर्टका प्रबन्ध निर्देशक केपी पराजुलीले बताए ।